Live on
Your Voice, Your Power
काठमाडौँ - काडमाडौँ क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता देखिएको छ। हालसम्मको परिणामअनुसार विराज भक्त श्रेष्ठले ६२१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६०२ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार शिव सुन्दर राजवैद्य भने श्रेष्ठ र सायमीभन्दा झन्डै आधा मत ३०८ मात्रै पाएका छन्।