समाचार « Khabarhub

गुणस्तरहीन संरचना भत्काउँदै नगरपालिका

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्यांकी फुटाउन थालिएको छ । निर्माणाधीन खानेपानी आयोजनाको ट्यांकी सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहबरमा स्वयं ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ह्याम्मर तथा स्काभेटर लगाएर ट्यांकी फुटाउन थालिएको हो ।…