Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारबारे थप फाइल खुल्ने बताएका छन्। उनले यो अभियानमा आफूलाई जनताको साथ चाहिएको बताए। समाजवादी मोर्चामा आवद्ध दलका विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीविरुद्ध कारवाहीलाई थप सशक्त बनाउने बताएका हुन्। उनले भने ‘आउने दिनमा अरु फाइलहरू खुल्दै जानेवाला छन्। एक्लै प्रधानमन्त्रीले मात्रै लडाइँ लड्न सक्दैन’ ।