समाचार « Khabarhub

बेपत्ता भएको डेढ महिनापछि युवतीको शव फेला

धनगढी– कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ। जिल्लाको लम्की चुहा नगरपालिका-४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका-५ स्थित बाँसघारी सामुदायिक बनभित्र फेला परेको हो। आइतबार शव फेला परेको प्रहरीले जनाएको छ। उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।