समाचार « Khabarhub

मट्टितेल पेट्रोल जर्किन बोतलमा बिक्री गर्न रोक

काठमाडौँ - नेपाल प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री नगर्न पम्प पम्पलाई निर्देशन दिएको छ। पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा आगलागी लगायतका घटना हुन सक्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना निकालेर रोक लगाएको हो। जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।