समाचार « Khabarhub

मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन

काठमाडौँ- मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल चयन भएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा भएको मत बिभाजनबाट मण्डल सभामुखमा चयन भएका हुन् । मत विभाजनमा मण्डलको पक्षमा ७४ मत परेको थियो भने उनको विपक्षमा २९ मत पर्‍यो । आज बसेको प्रदेश सभा बैठकमा १ सय ३ सांसद उपस्थित थिए । मत विभाजनपछि जेष्ठ…