Live on
Your Voice, Your Power
काठमाडौँ- बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज सुरु हुने भएको छ। बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्नेछ। भोलिसम्म चल्ने बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन्।