समाचार « Khabarhub

रूपा सोसी चौधरी माओवादी केन्द्रको सचेतक मनोनित

काठमाडौँ- सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा सोसी चौधरीलाई मनोनित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनित गरेको सांसद माधव सापकोटाले जानकारी दिए । समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । माओवादीले यसअघि हितराज पाण्डेलाई प्रमुख सचेतक तोकिसकेको छ । बैठकले संसदीय…