समाचार « Khabarhub

केपिलासगढी-टेम्के मैयुङ जोड्ने सडक उद्घाटन

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन गरिएको छ । केपिलासगढी गाउँपालिका–१ फेदी र टेम्के मैयुङ गाउँपालिका-१ तिम्मा जोड्ने ‘फेदी-धोद्रे-भोजपुर सडक’ उद्घाटन गरिएको हो । फेदीबाट धोद्रे-भोजपुर हुँदै पूर्वी तराई जोड्ने छोटो दुरीको सडक सोमबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् । …