Live on
Your Voice, Your Power
गोरखा- गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रकका चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए । गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए…