Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास मनमैजु मार्गबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३६ हजार रुपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।