Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा यही असार २५ गते शनिबार राष्ट्रिय शोकको घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको हो । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना समेत गरेको…