Live on
Your Voice, Your Power
काठमाडौं - इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टन र सुन्दरल्याण्डले बराबरी खेलेका छन्। सुन्दरल्याण्डसँगको प्रतिस्पर्धामा एभर्टनले १–१ को बराबरी खेलेको हो। खेलको १५ मिनेटमै इलिमान डियाएको गोलमा अग्रता लिएको एभर्टनले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो। पहिलो हाफमा १–० ले अगाडि रहेको एभर्टनविरुद्ध दोस्रो हाफको सुरुवातमै सुन्दरल्याण्डका ग्रानिट जाकाले बराबरी गोल फर्काए।…