Live on
Your Voice, Your Power
सुर्खेत- बिहीबार बिहान आएको अबिरल वर्षापछिको बाढीले हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजारमा क्षति पुर्याएको छ ।अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा बाढीले ठूलो क्षति पुगेको अनुमान गरिएको हो । बाढीले बजारका ११ घर र एक पसलमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार…