समाचार « Khabarhub

सोल्टीदोबाटोमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं- काठमाडौंकाे सोल्टीदोबाटोमा आज ट्रक र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । स्कुटर चालक घाइते भएका छन् ।  मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने ६० वर्षीया विमला देवी भट्टराई रहेकी छिन् ।  दुर्घटनामा गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।…