Live on
Your Voice, Your Power
कर्णाली- नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मङ्गल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्र वाग्लेको चार वर्षे पदावधि सकिएपछि सो पद आइतबारदेखि खाली भएको थियो । प्रतिष्ठान जुम्लाका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा.रावललाई सोमबार निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।…