Live on
Your Voice, Your Power
काठमाडौँ - सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज (सोमबार) छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ कायम भएको छ ।