Live on
Your Voice, Your Power
नवलपुर- पूर्वीनवलपरासीमा ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिमेन्ट बोकेको ना३ख ५३३९ नम्बरको ट्रक दुर्घटनामा ३ जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक ((डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए ।