Live on
Your Voice, Your Power
धरान–प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सुनसरीको धरानमा फोहोरमैला प्रशोधन केन्द्रको उदघाटन गरेका छन् । काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका–६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए। त्यसपछि प्रधानमन्त्री देउवा फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमेका थिए ।