समाचार « Khabarhub

ने‍ता पोखरेल र भुसालबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालबीच भेटवार्ता भएको छ । दुई खेमामा विभाजित भएपछि नेकपाका शीर्ष नेताहरुबीच सम्वाद टुटेका बेला ओली समूहमा रहेका मुख्यमन्त्री पोखरेल र दाहाल–नेपाल समूहका नेता भुसालबीच सिंहदरबारमा भेट भएको हो । संसद सचिवालयको एउटा कोठामा दुई नेताबीच झण्डै पौने घण्टा कुराकानी भएको…