Live on
Your Voice, Your Power
धादिङ– फुर्केखोला–धादिङबेंसी सडकको पहिरोबाट ट्याक्सी खस्दा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सुत्केरीलाई लिएर धादिङबेंसी जाँदै गरेको बा १ज १२६२ नम्बरको ट्याक्सी कालुपाण्डे मार्गको सिद्धलेक–६ तिरतिरेधारा नजिकैको पहिरोबाट खस्दा सुत्केरीका आफन्तको मृत्यु भएको हो । मृत्यु हुनेमा गंगाजमुना–३ की ५० वर्षीया बिन्दु तामाङ रहेकी छिन् । दुर्घटनामा सुत्केरीसहित अन्य ४ जना घाइते भएका छन्…