समाचार « Khabarhub

खोलाले बगाउँदा दाङमा एक जना बेपत्ता

दाङ - दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन । दाङको शान्तिनगर गाउँपालिका-४ का ५३ वर्षीय बमबहादुर विकलाई बिहीबार बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए । उनलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ। बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।