समाचार « Khabarhub

ओलीसँगको भेटपछि नेता नेम्वाङले भेटे अध्यक्ष प्रचण्डलाई

काठमाडौं–  सरकारले अध्यादेश जारी गरेपछि शुरु भएको विवादका बीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुवास नेम्वाङले कार्यकारी अध्यक्ष पुषपकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका छन् । सरकारले अध्यादेश जारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा भेटेका नेम्वाङ प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले नेता नेम्वाङसँग अध्यादेश लगायतका विषयमा जिज्ञाशा राखेका थिए…