Live on
Your Voice, Your Power
विराटनगर– विराटनगरमा स्यानिटाइजर सेवन गर्दा एक वृद्धाको ज्यान गएको छ । विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका अधिकारीले शनिबार राति स्यानिटाइजर खाएकी थिइन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घरायसी विवादका कारण उनले स्यानिटाइजर सेवन गरेकी थिइन् । उनको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार…