समाचार « Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सुनुवाइ नहुँने

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज  सुनुवाइ नहुँने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा आजको सुनुवाइ स्थगित गरिएको हो । पाण्डेको सोमबार काठमाडौंमा निधन भएको थियो। सर्वोच्चका पूर्वन्यायाधीश र प्रधानन्यायाधीशको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्न एक दिन इजलास रोक्ने प्रचलन छ ।