Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषदको बैठकले राणालाई उपरथीमा बढुवा गर्ने र उपरथी गोकुल भण्डारीको सरुवा गर्ने निर्णय गरेको हो । यस्तै उपरथी अरुणकुमार पालको राजीनामा पनि स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।