समाचार « Khabarhub

ट्युनिसियाका प्रधानमन्त्रीले गरे पाँच मन्त्रीलाई बर्खास्त

एजेन्सी- ट्युनिसियाका पाँच मन्त्री  बर्खास्त भएका छन् । सरकारले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री हिचेम मेचिचिले पाँच मन्त्रीलाई जिम्मेवारीबाट हटाएको उल्लेख गरिएको छ । उनले कानुन, उद्योग, उर्जा तथा खनिज, युवा तथा खेलकुद, राज्य श्रोत साधन तथा आवास मामिला, र कृषि तथा जलश्रोत मन्त्रीलाई बर्खास्त गरेको जनाइएको छ ।