समाचार « Khabarhub

मध्यरातमा राजपा र समाजवादीबीच पार्टी एकता

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ । दुई पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ। लामोसमयदेखि एकीकरण प्रक्रियामा रहेका राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। पार्टीको वरियता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।…