Live on
Your Voice, Your Power
काठमाडौं–सर्लाही घटनाको अनुसन्धानका लागि संसदीय छानवीन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । बुधबार विहान ११ बजे प्रतिनिधिसभा बैठक शुरु गर्दै सभामुख कृष्णबहादुर महराले कारवाही शुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनतापार्टीका नेताहरुले उभिएर विरोध जनाएका थिए । सांसदहरु उभिएकै बेलामा सभामुख महराले बस्न आग्रह गरेका थिए…