समाचार « Khabarhub

सर्वोच्चको आदेशपछि ज्ञानेन्द्र शाही रिहा

काठमाडौं- सर्वोच्च अदालतको आदेशसँगै ज्ञानेन्द्र शाही रिहा भएका छन् । सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको हो । शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए…