Live on
Your Voice, Your Power
काठमाडौं- चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा आइतबार साँझ काठमाडौं आइपुगेका छन् । वाङलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ ।…