कोरोनाले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको ट्रम्पको दावी « Khabarhub

कोरोनाले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको ट्रम्पको दावी


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका छन् ।

कोरोना भाइरसले मृत्यु हुनेको संख्या संसोधन गरेको तथा दिनानुदिन चीनमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या पुनः बढिरहँदा ट्रम्पले यस्तो दावी गरेका हुन् । उनले शुक्रबार ट्वीट गर्दै  अमेरिकामा भन्दा चीनमा कोरोनाले बढी मानिसको मृत्यु भएको दावी गरेका हुन् ।

ट्रम्पले आफू चीनसँग खुशी नरहेको समेत बताएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा ट्रम्पले आफू चीनसँग खुशी नरहेको बताएका हुन् ।

चीनले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतीबारे समयमै सचेत नगराएको आरोप ट्रम्पको छ ।

यस्तै ट्रम्पले विभिन्न राज्यमा भएका प्रदर्शनहरुको समर्थन पनि गरेका छन् । लकडाउनले जनजीवन कष्टकर भएको विरोधमा अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन भएपछि ट्रम्पले त्यसमा समर्थन गर्दै लकडाउन खुकुलो पार्नुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  ८ : १५ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए