Live on
Your Voice, Your Power
बागलुङ– बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले पाँच घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । राति करिब १ बजे आएको पहिरोमा परी स्थानीय चन्द्रकुमारी श्रीपाली, प्रविण श्रीपाली र असारी श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । उनीहरुको शव निकालिएको छ । पहिरो डेढ सय मिटर माथिबाट खसेको थियो ।…