समाचार « Khabarhub

‘असाधारण अवस्थामा जिम्मेवारी पाएँ, प्रहरीको मनोबल उठाउन काम गर्छु’

काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दर्ज्यानी चिन्हबाट सुशोभित गरिएको छ। गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपी पदको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। दर्ज्यानी चिन्ह लगाइसकेपछि कार्कीले मन्त्रालयमै आयोजित कार्यक्रममा लामो सम्बोधन गर्दै नेपाल प्रहरीलाई सुदृढ र पेशागत बनाउने प्रतिबद्धता जनाए। आईजीपी कार्कीले भने, ‘नेपाल प्रहरीमा पारदर्शिता र…