राजनीति « Khabarhub

गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौँ - सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । कार्यदलको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउन सकेको छैन ।