राजनीति Archives | Page 1344 of 2113 | Khabarhub Khabarhub

काँग्रेस सप्तरी सभापतिमा रामदेव साह चयन

राजविराज– नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । नवनिर्वाचित साह शेखर कोइराला समूहका हुन् । साहले १ हजार १८६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका शत्रुधनप्रसाद यादवले १ हजार ७० मत प्राप्त गरेका छन् । २ हजार ५३५ मतदाता रहेको सप्तरीमा २ हजार ३४२ मत खसेको थियो ।