राजनीति « Khabarhub

एकीकृत समाजवादीले टुंग्यायो चन्द्रपुर नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार

रौतहट - नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ । स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ । स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदै छ ।