Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले देउवालाई सभापतिमा निर्वाचित भएकोमा बधाई दिएका छन् । भेटमा राजदूतहरुको नियुक्ति, संसद्मा सरकारले लाने विजनेशलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।