राजनीति Archives | Page 1917 of 2119 | Khabarhub Khabarhub

पैसा लिन थालेदेखि सांसदको हैसियत वडाअध्यक्षको जस्तै भयो : नेता थापा

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले सांसदहरूले विकासका नाममा सांसदहरुले पैसा लिन थालेदेखि हैसियत खस्किएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद थापाले सांसदहरूले विकासका नाममा बजेट नलिएर नीति निर्माताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने बताए । बजेट निर्माणमा भूमिका खेल्नुपर्ने सांसदले मन्त्रीको ढोकामा योजना माग्न गएपछि हैसियत खस्किएको थापाको भनाइ थियो ।…