राजनीति « Khabarhub

नेकपा सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । आज अपराह्न ४ बजे पार्टी सचिवालय बैठक डाकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा कोरोना भाइरस रोकथाम तथा उपचारमा सरकारले गरिरहेको काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवादलगायतका विषयमा छलफल हुने बताइएको छ ।