राजनीति « Khabarhub

शंकर पोखरेलले भने- अहिलेको गठबन्धन निर्वाचनसम्मै जान्छ, अस्थिरताका रोगीहरू सरकार ढल्ने हल्ला चलाउँछन्

महेन्द्रनगर - नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरताको रोग लागेकाहरूले सरकार ढल्ने हल्ला चलाउने गरेको बताएका छन् । उनले नेकपा एमाले र नेपाली कांग्रेसबीचमा उच्च स्तरको सहमतिसहित गठबन्धन बनेकोले अस्थिरताका रोगीहरू छट्पटिएको बताए । सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनसम्म नै यो सरकार निरन्तर रहने बताए…