राजनीति « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री अधिकारी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भेटमा समसामयिक राजनीतिक घटनाक्रम र प्रदेश सरकारको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। माओवादीको समर्थनमा एमाले नेता अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बनेका हुन्।