राजनीति « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेट हुँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्दै छन् । सोमबार साँझ भेटवार्ताका लागि उनी देउवानिवास धुम्बाराही आउँदै गरेको देउवाको सचिवालयले जानकारी दिएको छ । मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले देउवालाई भेट्न लागेका हुन् ।