फुटबल « Khabarhub

कतार विश्वकप खेल्ने स्वीट्जरल्याण्डको टोली घोषणा

काठमाडौं- कतारमा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले टिम घोषणा गरेको छ। बुधबार उसले फिफा विश्वकपका लागि २६ सदस्यीय टिम घोषणा गरेको हो। स्वीट्जरल्याण्डले टिममा सात खेलाडीलाई पहिलो पटक स्थान दिएको छ। स्वीट्जरल्याण्ड समूह ‘जी’ मा रहेको छ। कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ। पहिलो पटक स्वीट्जरल्याण्डले क्यामरुनसँग भेट गर्दै खेलको सुरुवात नोभेम्बर २४ मा गर्नेछ।