देश/प्रदेश Archives | Page 148 of 2035 | Khabarhub Khabarhub

रुकुमपूर्वको पुथा उत्तरगंगामा शान्तिपूर्ण मतदान जारी

काठमाडौं– रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार मतदानका लागि २२ वटा केन्द्रहरू रहेका छन् । रुकुमपूर्वकै वडा नम्बर २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । यहाँ एमाले र नेपाली कांग्रेसका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएका थिए ।