Live on
Your Voice, Your Power
जुनिचाँदे– गाउँमा पिउने पानी नपाइएको भन्दै जाजरकोटमा वडाध्यक्ष कुटिएका छन् । जिल्लाको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई मंगलबार राति एक समूहले कुटपिट गरेको छ । कुटपिटबाट नेपाली घाइते भएका सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए । कुटपिटमा संलग्न स्थानीय बिर्खनाथ योगी र जयनाथ योगीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।…