Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोभिड–१९ विरूद्धको खोप लगाएकी छन् । बाइडेन–ह्यारिस टोलीका अनुसार मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना कम्पनीले बनाएको कोरोनाविरुद्धको खोप लगाएकी हुन् । खोप लिएपछि उनले ट्वीटमार्फत् फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, वैज्ञानिक र अनुसन्धानकर्ताप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।