Live on
Your Voice, Your Power
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेकी छन् । श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश थिए । नेपालको संविधानको धारा १२९ को २ बमोजिम श्रेष्ठलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।