राजनीति Archives | Page 1251 of 1997 | Khabarhub Khabarhub

संसद बंठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौँ - प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ । यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।