गठबन्धनबारे संवाद गर्न एकीकृत समाजवादीले कार्यदल बनाउने   « Khabarhub

गठबन्धनबारे संवाद गर्न एकीकृत समाजवादीले कार्यदल बनाउने  


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा. बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्यादेश कार्यदललाई दिइने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

कार्यदल गठन केही दिनमै हुने पनि उनले बताए । ‘प्रतिगमनविरोधी शक्तिलाई परास्त गर्न भए पनि गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने हाम्रो बुझाइ हो र सत्तारुढ गठबन्धनका घटकहरू पनि गठबन्धनको पक्षमा छन्’, खतिवडाले भने, ‘महासचिवको नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने तयारीमा छौँ । नेताहरू उपत्यकाबाहिर भएकाले ढिलाइ भएको हो ।’

माधवकुमार नेपाल नेतृत्वको उक्त दल पहिलो पटक निर्वाचनमा जाँदै छ । निर्वाचनबाट राष्ट्रिय दल बन्न चुनौती छ । महाकाली सन्धिप्रति विरोध जनाउँदै २०५४ मा एमालेबाट अलग भएर नेता बामदेव गौतम नेतृत्वमा नेकपा (माले) गठन हुँदा उक्त दलले २०५६ मा भएको निर्वाचनमा एक सिट पनि जितेन ।

त्यही भएर नेपाल नेतृत्वको दलले निर्वाचनमा गठबन्धनलाई पहिलो प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  १० : ४९ बजे

कांग्रेसको निष्कर्ष : सुकुम्वासीमाथि सरकारी व्यवहार ‘अमानवीय’, सार्वजनिक महत्वको प्रस्ताव लैजान आग्रह

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुकुम्बासी

मधेस प्रदेशसभा : प्रदेश विनियोजन विधेयकमाथि छलफल

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका